२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

साउनमा गए करिब ६० हजार नेपाली वैदेशिक रोजगारीमा

ADV
२०८१ भदौ ८ गते ०६:३५
साउनमा गए करिब ६० हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ६० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५९ हजार ५ सय ७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसियामा नयाँ कामदार जाने क्रम बन्द रहेकोे अवस्थामा पनि अघिल्लो वर्षको साउनको तुलनामा यो वर्षको साउनमा बढी नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । गत आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए ।

यस वर्ष साउनमा २५ हजार ५ सयले संस्थागत अर्थात म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष साउनमा २९ हजार २ सय २९ जनाले म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका थिए । साउनमा व्यक्तिगत १० हजार ७ सय ५३ र ईपीएसमार्फत ६ सय ६८ जना गएका छन् ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या भने घटेको छ । अघिल्लो बर्ष साउनमा ७ हजार ८ सय ५४ जना संस्थागतरुपमा मलेसिया गएकोमा यस वर्ष संस्थागतरुपमा ५ जना, व्यक्तिगतरुपमा ११ र पुनः गरी १ हजार ३ सय ४४ जना मलेसिया गएका छन् । मलेसियाले गत मार्चदेखि विदेशी कामदार रोकेको छ । 

विभागको तथ्यांकअनुसार साउनमा सबैभन्दा धेरै यूएई गएका छन् । साउनमामात्रै १७ हजार ५ सय ४१ जना गएको यूएईमा म्यानपावर कम्पनीमार्फत १० हजार ३ सय १६ जना गएका छन् । दोस्रोमा रहेको साउदी अरेबियामा ११ हजार ८ सय ९ जना गएकोमा म्यानपावरमार्फत ६ हजार ८ सय ७५ जना गएका छन् ।

तेस्रोमा रहेको कतारमा ११ हजार ७ सय ८५ जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ८ सय ५ जना गएको विभागले जनाएको छ । कुवेतमा ४ हजार ६ सय ९५ जना गएकोमा म्यानपावर कम्पनीमार्फत २ हजार ८ सय ८३ जना, ओमनमा १ सय ९५ जना, जापानमा १ हजार ४ सय ७२ जना र दक्षिण कोरियामा ईपीएसमार्फत ८ सय १२ जना गएका छन् । बहराइनमा ४ सय १८ जना, जोर्डनमा ५ सय १२, मकाउमा १ सय ३ जना, मरिससमा म्यानपावर कम्पनीमार्फत २ सय ८० जना गएका छन् ।

साउनमा युरोप जाने नेपालीको संख्या अघिल्ला महिनाको तुलनामा बढेको छ । सबैभन्दा धेरै २ हजार २ सय ९८ जना गएको रोमानियामा म्यानपावर कम्पनीमार्फत ४ सय २० जना गएका छन् । १ हजार १ सय ३८ जना क्रोएसिया गएकोमा म्यानपावर कम्पनीमार्फत एक जना पनि गएका छैनन् । 

७ सय नेपाली गएको साइप्रसमा म्यानपावर कम्पनीमार्फत ६ सय ३९ जना ग्एका छन् भने २ सय ३९ जना गएको माल्टामा म्यानपावर कम्पनीमार्फत एक जना पनि गएका छैनन् । त्सस्तै पोर्चुगलमा १ सय ५६ र पोल्यान्डमा ५० जना जाँदा म्यानपावर कम्पनीले एक जना पनि पठाउन सकेनन् । साउनमा ९३ मुलुकमा नेपाली कामदार गएकोमा म्यानपावर कम्पनीले १२ मुलुकमा मात्रै कामदार पठाएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise