२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

युरोप मागपत्रमा म्यानपावरलाई अवरोध, कन्सल्ट्यान्सीबाट धमाधम

Nada
२०८१ भदौ ८ गते ०६:४०
Shares
युरोप मागपत्रमा म्यानपावरलाई अवरोध, कन्सल्ट्यान्सीबाट धमाधम

काठमाडौं : युरोपेली देशमा नेपालीहरुको आकर्षण बढे पनि त्यहाँ रहेका नेपाली दूतावासहरुमा मागपत्र प्रमाणीकरणमा चरम उदासीनता र ढिलासुस्ती बढेको वैदेशिक रोजगार व्यवसायीको गुनासो बढेको छ ।

ncell

वार्षिक करिब ५० हजार नेपालीहरु जाने आंकलन गरिएका ती देशमा कामका लागि जाने नेपाली कामदार असुरक्षित मानिने कन्सल्ट्यान्सीहरुबाट गइरहेको व्यवसायीहरु बताउँछन् । 

परम्परागत श्रम गन्तव्यका रुपमा रहेका खाडीका देश र मलेसियाको विकल्प क्रोएसिया, रोमानिया, पोर्चुगलजस्ता देशहरु रहेपनि नेपाली दूतावासहरुमा रहेको मागपत्र प्रााणीकरणको उदासीनताले असुरक्षित वैदेशिक रोजगारलाई मलजल पुगिरहेको बताइएको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्य पहिल्याउन विगतमा कार्यदल नै गठन गरेपनि दूतावासहरुको काम नगर्ने शैलीका कारण राम्रो तलब हुने युरोपेली श्रम गन्तव्य नेपालीका लागि खेर गइरहेको गुनासो धेरै अघिदेखि रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर