२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मलेसियामा दुई नेपाली बालबालिकालाई उपाधि

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते १६:३६
मलेसियामा दुई नेपाली बालबालिकालाई उपाधि

काठमाडौं : मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले नेपालाई उपाधि दिलाउन सफल भएका छन् ।

कोटाकिना बालु शहरमा जुन ५ देखि ९ सम्म आयोजना भएको प्रतियोगितामा यादवले ‘किड युनिभर्स’ र सुब्बाले ‘ग्राण्ड वीनर किड करिस्मा’ नामक दुई उपाधि नेपाललाई दिलाएका हुन् ।

प्रतियोगितामा यादवले किड बेष्ट फर्मल अटायर र किड इन्टिलिजेन्ट अवार्ड समेत हात पर्दा सुब्बाले बेष्ट क्याजुअल अटायर र किड फ्रेड्ली अवार्ड जितिन् । 

‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा नेपालको अलवा भारत, मेलिसिया, सिंगापुर, फिलिपिन्स, साउथ कोरिया, ब्रुनाईलगायत विश्वका विभिन्न देशका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली कला संस्कृतिको प्रचार प्रसारका अलवा नेपालको पर्यटन प्रवर्द्धनसमेत गरिएको थियो ।

मिस वर्ल्ड मलेसिया वेनानिता वेन्सेस आङगाङ मुख्य निर्णायक रहेको प्रतियोगितामा नेपालबाट अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु सहभागी थिए । फैजुले मिस वर्ल्ड मलेसिला आङगाङसँग औपचारिका भेटघाट गर्दै कुराकानी पनि गरेका छन् । भेटमा आङगाङलाई नेपाल भ्रमणको निम्तो दिएको फैजुले बताए । सो क्रममा आफूले त्यहाँको राजनीतिज्ञ श्रीवेन्स आङगााङसँग पनि भेट गरेको फैजुको भनाइ छ ।

उपाधि जित्न सफल बालबालिका यादव र सुब्बा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’का विजेताहरू हुन् ।  प्रतियोगितामा सहभागी दुबै बालबालिकाको फेसन डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise