जुम्ला : जुम्लामा अवैध हतियारसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका वडा नं. १ घर भइ पातारासी गाउँपालिका ५ लासी बाजरमा मोटरसाइकल ग्यारेज गरी बस्ने अन्दाजी ३२ वर्षीय सुर्य बहादुर महतारा रहेका छन् ।
जुम्लाका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीका अनुसार प्लाष्टिकको बोराभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गरिएको हो ।
पक्राउ परेका महताराको थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सार्वजानिक गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाले चोरी भएको मोटरसाइकल समेत बरामद गरेको छ । यही भदौ ४ गते राति तातोपानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गोकर्ण रालले आफ्नै घर आगनमा पार्कीङ गरी राखेको क.प.०१–००१ब ०३७९ न. को १५० सीसीको चोरी भएको मोटरसाइकल बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक कामतीका अनुसार उक्त मोटरसाइकल चोरी भएको विषयमा जिप्रकामा उजुरी आएसँगै खटिएको प्रहरी टोलीले विभिन्न ठाउँहरुमा चेक पोइन्ट समेत कडाईका साथ खोजतलास गरेको थियो । जुम्ला प्रहरीले वडा अध्यक्ष गोकर्ण रावललाई सम्पर्क गरी उक्त मोटरसाइकल बुझाइएको छ । जुम्लाको शान्ति सुरक्षा कायम गर्नका लागि चोरी गर्ने व्यक्तिहरुको खोजतलासी र अपराध न्यूनीकरणका लागि अन्य अनुसन्धान गर्ने कार्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।