२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

एकै मञ्चमा मिलापका दुई कार्यक्रम

shivam cement
२०८१ भदौ १० गते १९:१५
Shares
एकै मञ्चमा मिलापका दुई कार्यक्रम

काठमाडौं : मिलाप मासिकको आयोजनामा एक साथ ‘धमिलो प्रकाश’ र ‘तेस्रो मिलाप तिज उत्सव’ हार्दिक होटलको सभाहलमा सम्पन्न भएको छ । साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यास ‘धमिलो प्रकाश’ विशेष समारोहबीच साहित्यकार एवम् वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहलको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय संग्रौला, सर्जक राधा भण्डारीलगायतले उक्त कृतिको संयुक्तरुपमा लोकापर्ण गरेका थिए ।

साहित्यकार हरि अधिकारीको सभापत्विमा भएको कार्यक्रममा मिलाप पब्लिकेशका कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए भने स्रष्टा भण्डारीले लेखकीय भनाइ राखेका थिए ।

त्यसैगरी वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो मिलाप तिज उत्सवको सभापतित्व मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले गरेकी थिइन् ।

‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न भएकोे सो अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, गायिका सरिता थापामगर (तोककुमारी मगर) र ट्याटु आर्टिष्ट सुनिता कुँवरलाई तिज मिलाप सम्मान अर्पण गरिएको थियो भने विभिन्न श्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो । 

समारोहमा कलाकार सरिता राजउपाध्याय, नायिका सानिया खान गायिका मञ्जु लावती, निर्माता रोशनी केसी, गायिका रानु निरौला, कलाकार गीता थापा, नम्रता खरेललगातका व्यक्तित्वको उपस्थिति थियो । सो अवसरमा तिजको दर खानुका साथै दिदीबहनीहरूले गीता अधिकारीको तिज गीत ‘बजाउँदै चुरा’को तालमा छमछमी नाचेका थिए भने कार्यक्रमलाई सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।

सम्बन्धित खबर