२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कतारमा सचेतना कार्यक्रमसँगै तिज मनाइँदै, सांगीतिक प्रस्तुति दिन रिता थापा मगर कतार आउँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १० गते २०:०६
कतारमा सचेतना कार्यक्रमसँगै तिज मनाइँदै, सांगीतिक प्रस्तुति दिन रिता थापा मगर कतार आउँदै

दोहा, कतार : नेपाली नारीहरूको महान् पर्व “हरितालिका तिज" को अवसरमा कतारमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । श्रमिक सचेतनासहित हुने उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष लोक तथा दोहोरी गायिका रिता थापा मगर कतार आउने भएकी छन् ।

नेपाली महिला समाज कतार र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको महिला विभागको समन्वयमा कतारमा स्थापित विभिन्न संघ–संस्थाहरूको संयुक्त आयोजनामा आगामी शुक्रबार उक्त कार्यक्रम हुँदै छ । अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुने कार्यक्रममा कतारमा रहेका ५५ भन्दा बढी संघ संस्थाले आयोजकका रूपमा ऐक्यबद्धता जनाएका छन् ।

प्रत्येक आयोजक संस्थालाई तीन वटा प्रवेश पास उपलब्ध गराउनुका साथै एक सय पचास रियाल आयोजक बापतको शुल्क निर्धारण गरिएको छ । महिलाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा पुरुषका लागि ३५ कतारी रियाल शुल्क तोकिएको छ । कार्यक्रममा थापा मगर सहित कतारमा रहेका दर्जनौं कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । कतारका विभिन्न स्थानमा रहेका महिला चेलीबेटीहरूको सहजताका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको (+९७४-५५८२ ६५७७) महिला समाजकी अध्यक्ष माया केसीले जानकारी दिइन् । उनले कतारमा रहेका सबै दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणासमेत गरेकी छन् ।

विगतका केही वर्षदेखि राष्ट्रिय पर्वहरू एकसाथ मनाउँदै आएको स्मरण गर्दै सामूहिकरूपमा पर्वहरू मनाउँदा खर्च पनि कम हुने र आपसी भाइचारा पनि बढ्ने एनसीसी कतारका का.वा. अध्यक्ष कृष्ण पन्थीले बताए । कार्यक्रम बिहान ११:३० बजेबाट शुरु हुनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise