२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली नदीमाथि पुल निर्माणको काम अलपत्र, सिमकोट राष्ट्रिय सडक मार्गमा जोडिन वर्षाै लाग्ने

ADV
ओबराज शाही
२०८१ जेठ २८ गते २०:१६
कर्णाली नदीमाथि पुल निर्माणको काम अलपत्र, सिमकोट राष्ट्रिय सडक मार्गमा जोडिन वर्षाै लाग्ने

हुम्ला : कर्णाली नदीमाथि पुल नबन्दा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक मार्गमा जोडिन अझै वर्षाै लाग्ने देखिएको छ । हुम्लाका पाँच वटा खार्पुनाथ, सर्केगाड, चंखेली, अदानली र ताजोकोट गाउँपालिका आंशिक रुपमा राष्ट्रिय सडक मार्ग जोडिएपनि खार्पुनाथ गाउँपालिका खार्पुदोजाम कर्णाली नदीमाथि पक्की पुल निर्माणको काम करिब ४ वर्ष अगाडि थालनी  भएपनि निर्माण नहुँदा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । 

नेपालगन्ज, सुर्खेतबाट हुम्लाको माथिल्लो सिमकोट र नाम्खा गाउँपालिका र बजारमा आउने सामान पुल नहुँदा सामान झारेर कामदार लगाएर एका पट्टिबाट अर्को पट्टी  झुलुङ्गे पुलमाथि बोकाउनुपर्ने बाध्यता रहेको स्थानीय खुमबहादुर रावतले बताए । 

रावतका अनुसार पुल नबन्दा दोहोरो खर्च लाग्ने कामदार नपाहिने, असजिलो सामान झुलुङ्गे पुलमाथि लिन गाह्रो हुने गरेको छ । सामान पुलमा बोकाएर त्यहाँबाट गाडीमा लोड भएर सिमकोट आइपुग्छ । निर्माण सामग्री मात्र नभएर सरकारले ढुवानी अनुदानमा दिँदै आएको खाद्यान्न पनि सदरमुकाम सिमकोट ल्याउँदा त्यसयता मानिसलाई प्रति केजी १ रुपैयाँका दरले बोकाउँदै आएको देखिन्छ ।

पुलमाथि बोकेर सामान ल्याउँदै गरेका जनक बुढाले यो दुःख दिने नियतले सरकारले ठेकदारलाई ताकेता नदिएको बताए । सामान बोकेर ल्याउँदा कामदारलाई फाइदा हुने भएपनि सामान झारेर बोकेर फेरि लोड गर्दा समय र पैसाको खर्च हुने उनले बताए ।

त्यस्तै अर्का दिनेश बढाले हल्का सामान बोक्न सजिलो भएपनि गह्रौ सामान बोक्दा ज्यानको बाजी लगाएर बोक्नुपर्ने बाध्याता रहेको बताए । उनले कर्णाली नदीको पानी कम हुँदा ठूला सवारी साधन नदी तरेर जाने भएपनि पानीको वहाव बढेपछि सवारी साधन नदी तर्न नसकेपछि यो समस्या आएको स्थानीयबासी जोर बाहराले बताए । 

बाहराका अनुसार मालबाहक ट्रक पूर्व पट्टी सामान ल्याएर आउने भएपनि पश्चिम पट्टी पुल नहुँदा उतै सामान झारेर जाने गरेको छ ।  उक्त स्थानमा पक्की पुल चार वर्षदेखि पूर्व  पट्टीको पिल्लरमै काम नसकिएको देखिन्छ  । ठेकदार पक्षलाई कसैको ताकेता नदिँदा काम अलपत्र अवस्थामा पुगेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise