२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

व्यक्तिगत भिसामा ठूलो संख्या युरोप पुग्दा म्यानपावरमार्फत नगण्य

draupadi film
२०८१ भदौ ११ गते ०६:३५
व्यक्तिगत भिसामा ठूलो संख्या युरोप पुग्दा म्यानपावरमार्फत नगण्य

काठमाडौं : कमाइ तथा सुरक्षाका हिसाबले आकर्षक मानिने युरोपेली मुलुकहरुसहितका देशमा व्यक्तिगतरुपमा ठूलो संख्यामा नेपाली गएपनि संस्थागतरुपमा जानेक्रम नगण्य मात्रामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै युरोपेली मुलुकसहित उत्तर अमेरिका गरी ४० बढी देशमा नेपाली कामदार व्यक्तिगत भिसामा जाँदा ती देशमा म्यानपावर कम्पनीले नगण्य मात्रामा कामदार पठाएका छन् ।

साउन महिनामा म्यानपावर कम्पनीले एक जना पनि नपठाएको अल्बानियामा व्यक्तिगतरुपमा १५, अष्ट्रेलियामा २३, अष्ट्रियामा ५, अजरबैजानमा ११८, बेलारुसमा १८, बोस्निया एण्ड हर्जगोबिनमा ४३, क्यानडामा ५४, कायमनमा ५४, क्रोएसियामा १ हजार २१, चेक रिपब्लिकमा ४ जना गएका छन् ।

त्यस्तै डेनमार्क ७, फिनल्यान्ड ७, फ्रान्स ८, जर्मनी २१, ग्रीस ६४, हंगेरी १०, स्वीडेन १५, सोल्भेनिया १११, सोल्भाक ६०, सर्बिया ३०३, बुल्गेरिया २७९, म्यासेडोनिया ६३, माल्टा २००, टर्की एण्ड ककेसस आइल्याण्ड ८, बेलायत ३६, युएसए ३१, सिसेल्स २२, आयरल्याण्ड १२ जना नेपाली कामदार व्यक्तिगत प्रयासमा गएका छन् । तर श्रमिकहरु आकर्षक तलब र सुरक्षा हुने युरोपको रोजगारीमा करोडौं लगानी गरेका म्यानपावर कम्पनीबाट जान सकेका छैनन् ।

अवसर भए पनि सरकारले चासो नदेखाउँदा नेपाली म्यानपावर कम्पनीहरु कामदार पठाउने अवसरबाट वञ्चित भएका हुन् । युरोपमा राम्रो पारिश्रमिक तथा आकर्षक सेवासुविधा भएको तर सरकारले बाटो सहज नबनाउँदा युरोप छिर्ने युवाहरु दलालको आश्वासनका भरमा भारतको नयाँ दिल्ली र यूएईका विभिन्न शहरहरुमा लर्को लाग्ने गरेको छ । कतिपय युवाहरु अवैध बाटो र अनुचित प्रक्रियामार्फत लाखौं खर्च गरेर ज्यानै माया मारेर युरोप यात्रा गरिरहेको देखिएको छ ।

श्रम स्वीकृति लिएर सहजरुपमा युरोप छिर्ने वातावरण नहुँदा ब्राजिल, अर्जेन्टिनालगायतका देश पुगेर चरम आर्थिक शोषणमा परी भिजिट भिसामार्फत युरोप छिर्नेे प्रवृत्ति व्यापक बनेको भारतको नयाँ दिल्लीमा पर्यटन व्यवसाय गरिरहेका एक नेपाली बताउँछन् । सरकारले युरोप रोजगारी सहजीकरण नगरिदिएपछि भिजिट भिसा तथा अन्य प्रक्रियामार्फत युरोप छिर्ने नेपालीहरुको संख्या बढ्दै गएको उनको भनाइ छ । पछिल्लो समय युरोपमा नेपाली श्रमिकहरुको माग बढ्दै गएको, तर सरकारको बेवास्ताले गर्दा आकर्षक मागहरुसमेत ल्याउन नसकिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise