२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दिल्लीबाट ब्राजिल पुग्न २४ लाख

ADV
२०८१ भदौ १२ गते ०६:३०
दिल्लीबाट ब्राजिल पुग्न २४ लाख

काठमाडौं : जसरी पनि अमेरिका प्रवेश गर्ने लक्ष्य बनाएका नेपाली युवाले भारतको नयाँ दिल्लीबाट ब्राजिलको राजधानी पुग्न कम्तीमा २४ लाख रुपैयाँ दलाललाई बुझाउने गरेका छन् ।

भारतको नयाँ दिल्लीमा रहेकोे ब्राजिलको दुतावासबाट संगठित गिरोहको समन्वयमा भ्रमण भिसा पाएपछि नेपालीले हवाई जहाजको टिकटसहित उक्त रकम दलाललाई सुम्पने गरेकोे बताइएको छ । यसरी ठगीमा पर्नेमा पूर्वी पहाडी जिल्ला र गण्डकी तथा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका युवा धेरै रहेको बताइएको छ ।

मानव तस्करले थप रकम लिएर ब्राजिलबाट पानामा ग्वाटेमालालगायतका देश हुँदै नेपालीलाई मेक्सिको पु¥याउने र मेक्सिकोमा थप रकम तिरेपछि स्थलमार्ग हुँदै अवैधानिकरूपमा अमेरिका पु¥याउने गरेको नयाँ दिल्लीमा ट्राभल एजेन्सी सञ्चालन गरेका एक नेपाली बताउँछन् । संगठित मानव तस्करको प्रलोभनमा अशिक्षित युवा पर्ने र भाषाको अज्ञानताले थप समस्यामा पर्ने गरेकोे उनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise