२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कतारमा अस्ताए झापाका सागर पौडेल

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १२ गते २०:४०
कतारमा अस्ताए झापाका सागर पौडेल

दोहा, कतार : वैदेशिक रोजगारीका लागि कतार आएका झापाका सागर पौडेलको निधन भएको छ । करिब डेढ वर्ष पहिले कतार आएका ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको हो ।

लामो समयदेखि पेटको समस्याबाट गुज्रिएका पौडेल पछिल्लो पटक सन् २०२३ मा कतार आएका थिए । कतार आउनुपूर्व पनि नेपालमा पेटको रोगले ग्रसित उनी यहाँ आएको १५ दिनमै बिरामी परेका थिए । पौडेलका निकट एक साथीले उनी आएको कम्पनीले केही समय तलब दिएर उपचारमा सघाए पनि उनी निको नहुने देखिएपछि स्वदेश फर्कन अनुरोध गरेको र पौडेल आफैंले अर्को कम्पनी फेरेर यहीँ उपचार जारी राख्ने र नेपाल नफर्किने भनेपछि चिनेजानेका मार्फत उपचार मात्र गर्न बस्ने भन्ने शर्तमा कतार बसेको जानकारी दिए ।

उनको थप उपचारका लागी नेपाल नै पठाउने बारेमा गम्भीर छलफल भएको र पौडेलको स्वास्थ्य अवस्था दैनिक खस्किँदै गएका कारण पठाउन नसकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले मध्यान्ह दैनिकलाई जानकारी दिए । 

कतारमा रहुन्जेल इन्स्योरेन्स तथा हेल्थ कार्डमार्फत उपचार गराएका पौडेलको शव नेपाल पठाउन आर्थिक समस्या देखिएपछि नेपाली दूतावासको विशेष समन्वयमा एनआरएनए कतार, झापाली समाज र मृतकका नजिकका साथीहरूले आवश्यक रकम जुटाएर बुधबार बिहान शव नेपाल पठाइएको थियो । मृतक पौडेल पहिलो पटक सन् २०१५ मा ग्रुप फोर भन्ने कम्पनीमा कतार आएको अभिलेख भेटिन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise