२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

साउदीमा तिज विशेष कार्यक्रम आयोजना हुँदै, प्रीति आलेले प्रस्तुति दिने

Nada
२०८१ भदौ १३ गते १२:१९
Shares
साउदीमा तिज विशेष कार्यक्रम आयोजना हुँदै, प्रीति आलेले प्रस्तुति दिने

साउदी अरेबिया : गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् साउदी अरबले नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा साउदी अरेबियामा 'तिज फेस्टिभल २०२४' आयोजना गर्ने भएको छ । 

ncell

आगामी सेप्टेम्बर ६ तारिकमा साउदीको पूर्वी क्षेत्रको दम्माम जुवेल हाइवेस्थित सादी रेस्टुरेन्टमा तिजको अवसरमा शुभ कामना आदान-प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने परिषद्ले जानकारी दिएको छ ।

फेस्टिभलमा प्रस्तुति दिन चर्चित लोकगायिका प्रिती आले साउदी आउने पनि परिषद्ले बताएको छ । उनले गत बकर इदमा एनआरएनए ताबुक र रियाद क्षेत्रीय समितीले आयोजना गरेको कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिइसकेकी छिन् । 

एनआरएन साउदीद्वारा आयोजित तिज फेस्टिभलमा नि:शुल्क प्रवेशको व्यवस्था रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबकी अध्यक्ष रविना अर्यालले जानकारी दिइन् ।

अध्यक्ष अर्यालले संघका स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू, पञ्जिकृत सदस्यहरू, साउदी अरबस्थित क्रियाशील सामाजिक तथा राजनीतिक संघ संस्थाका पदाधिकारीहरू, सामाजिक व्यक्तित्वहरू, व्यवसायी तथा बुद्धिजीबीहरू, व्यवसायी तथा वित्तीय संस्थानहरूका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू एवम् साउदी अरबमा कार्यरत नेपालीहरूलाई फेस्टिभलमा सहभागी हुन आह्वान गरेकी छन् ।

कार्यक्रमको तयारीका लागि मंगलबार दम्मामस्थित नेपाली होटेलमा संघकी अध्यक्ष अर्यालको नेतृत्वमा साउदी संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा एक छलफल आयोजना गरिएको थियो । उक्त छलफलमा अध्यक्ष अर्यालले कार्यक्रमका लागि संघको कुनै आर्थिक सहयोग प्रयोग नगरी आफ्नै व्यक्तिगत तथा सहयोगीहरुबाट प्राप्त सहयोगबाट कार्यक्रम आयोजना गरिने बताइन् ।

उनले कार्यक्रमका लागि आवश्यक सहयोग गरिदिन सक्रिय संघसंगठनका प्रतिनिधिहरुलाई आग्रह पनि गरिन् । उनको आग्रहलाई स्वीकार्दै सक्रिय संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मध्यान्ह राष्ट्रिय दैनिक उक्त फेस्टिभलको मिडिया पार्टनर रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर