२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तिजको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन रिता कतारमा

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १३ गते १९:०३
तिजको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन रिता कतारमा

दोहा, कतार : श्रमिक सचेतनासहित नेपाली नारीहरूको महान् पर्व “हरितालिका तिज"को अवसरमा कतारमा शुक्रबार हुने विविध सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष लोक तथा दोहोरी गायिका रिता थापा मगर बिहीबार दिउँसो कतार आइपुगेकी छन् । मगरको स्वागतका लागि दोहाको हमाद विमानस्थलमा नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसी, एनआरएनए आईसीसी सदस्य तेज कटुवाल, लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका अध्यक्ष शिवराम ढकाललगायत सञ्चारकर्मी र विभिन्न व्यक्तित्वहरू पुगेका थिए ।

महिला समाज कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको महिला विभागको समन्वयमा कतारमा स्थापित विभिन्न ६२ वटा संघ–संस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुँदैछ । प्रत्येक आयोजक संस्थालाई तीन वटा प्रवेश पास उपलब्ध गराउनुका साथै १ सय ५० रियाल आयोजक बापतको शुल्क निर्धारण गरिएको छ । महिलाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा पुरुषका लागि ३५ कतारी रियाल शुल्क तोकिएको छ ।

कार्यक्रममा थापा मगरसहित कतारमा रहेका दर्जनौं कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । कतारका विभिन्न स्थानमा रहेका महिला चेलीबेटीहरूको सहजताका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको (+९७४-५५८२ ६५७७) महिला समाजकी अध्यक्ष केसीले जानकारी दिइन् । उनले कतारमा रहेका सबै दिदीबहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा समेत गरेकी छिन् । 

हालसम्म प्राप्त आयोजक संस्थाहरू :

१) गुल्मी सेवा समाज, कतार
२) झापाली समाज, कतार
३) मोरङ-सुनसरी सेवा समाज कतार
४) नेपाली रक्तदाता सङ्घ,कतार
५) जीवन योग प्रयोगशाला दोहा,कतार
६) राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखा
७) गण्डकी प्रदेश समन्वय परिषद् कतार
८) कास्की आदर्श समाज,कतार
९ पर्वत समाज कतार
१०) म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार
११) गोरखा सेवा समाज, कतार 
 १२) तनहुँ सेवा समाज कतार 
१३) स्याङ्जा सहयोग समाज, कतार
१४) लमजुङ सेवा समाज, कतार 
१५) बागलुङ सेवा समाज कतार 
 १६) नवलपुर सेवा समाज कतार
१७) क्षेत्री समाज नेपाल, कतार शाखा
१८) चितवन युवा समूह दोहा कतार
१९) सङ्खुवासभा समाज, कतार
२०) अर्घाखाँची सेवा समाज, कतार
२१) नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतार
२२) बुद्ध भूमि कपिलवस्तु सेवा समाज ,कतार
 २३) दाङ देउखुरी सेवा समाज दोहा कतार
२४) नेपाली प्रवासी श्रमिक सङ्घ जिफन्ट सहयोग सपोर्ट ग्रुप  कतार
२५) पाल्पाली सेवा समाज दोहा-कतार
२६) सिन्धुली सेवा समाज कतार
२७) सर्लाही प्रवासी सेवा समाज कतार
 २८) रोल्पाली सेवा समाज कतार शाखा
२९) कोसी प्रदेश समन्वय परिषद् कतार
३०) मधेस प्रदेश समन्वय परिषद् कतार
३१) धनुषा सेवा समाज कतार
३२) महोत्तरी समाज सेवा संस्था कतार
 ३३) सिराहा सेवा समिति दोहा कतार
३४) पाँचथर सेवा समाज, कतार
३५) रोल्पा जलजला सेवा समाज, कतार
 ३६) परियार मित्रता समाज कतार
३७) कर्णाली प्रदेश समन्वय परिषद् कतार
३८) बारा आदर्श सेवा समाज दोहा, कतार
३९) तेह्रथुम सेवा समाज
४०) ताप्लेजुङ पाथीभरा सेवा समाज
 ४१) दलित एकता सञ्जाल नेपाल,कतार राष्ट्रिय समन्वय समिति कतार
 ४२) नवलपरासी सेवा समाज कतार
४३) खोटाङ सेवा समाज कतार
४४) ओखलढुङ्गा सेवा समाज कतार
४५) लुम्बिनी प्रदेश समन्वय परिषद् कतार
 ४६) भोजपुर सेवा समाज कतार
४७) मधेसी एकता समाज कतार
४८) नेपाल आदिवासी जनजाति महासङ्घ कतार । (मगर,लिम्बू, गुरुङ, राई, तामाङ, थारु, भुजेल, सुनुवार, शेर्पा, नेवार, माझी,धानुक, ताजपुरिया र दनुवार)
४९) प्रवासी नेपाली मञ्च (महिला विभाग) कतार
 ५०)विश्वकर्मा समाज कतार
५१) ठकुरी सहयोग सञ्जाल कतार
५२) नेपाली जनप्रगतिशिल मञ्च (महिला विभाग) कतार
५३) नेपाली फिट्नेश टिम
५४) धनकुटा सेवा समाज कतार
५५) नुवाकोट सेवा समाज , कतार
५६) बागमती प्रदेश समन्वय परिषद् कतार
५७) रामेछाप सेवा समाज कतार
५८) बाँके सेवा समाज कतार
५९ ) धादिङ सेवा समाज
६०) अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार
 ६१) अन्तर्राष्ट्रिय नेपाली समाज कतार
६२) इलाम सेवा समाज कतार

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise