२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कतारमा अस्ताए म्याग्दीका हरि

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १३ गते १९:१०
कतारमा अस्ताए म्याग्दीका हरि

दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१ तारिक बिहान सवा ९ बजे मृत्यु भएको थियो ।

विकको शव बिहीबार साँझ सबै कानूनी प्रक्रिया पूरा गरी नेपाल पठाउन लागिएको मोना आईसीसीका कोषाध्यक्ष तथा मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामीले मध्यान्ह दैनिकलाई जानकारी दिए । फगामीले कम्पनीमार्फत मृतकले पाउनुपर्ने सम्पूर्ण रकम कम्पनीका अधिकारीले मृतककी श्रीमतीको गरिमा विकास बैंकमा रहेको खातामा जम्मा गरिसकेको बताए । 

म्याग्देलीको निधनले सिंगो मोना कतार परिवार स्तब्ध रहेको बताउँदै अध्यक्ष राजु पौडेलले विकको परिवारसँग समन्वय गरेर आवश्यक थप सहयोग उपलब्ध गराइने बताए । एक छोराका पितासमेत रहेका विकको निधनले परिवारमा पुगेको क्षतिप्रति दु:ख व्यक्त गर्दै पौडेलले कतारमा रहेका म्याग्देलीको हरेक दु:ख, सुखमा संस्था साथमै रहेको र रहिरहने प्रतिबद्धता व्यक्त गरे । मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोष पनि सहयोगका लागि हात बढाउन तयार रहेको कोषका अध्यक्ष विक्रम कार्कीले बताए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise