२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते २१:२३
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं : निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मीसमेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।

बोर्ड अध्यक्षका लागि आवेदन दिएका ६ जनामध्ये डिसीसहित दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम तालुकवाला निकाय सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सबैभन्दा अगाडि डिसीले नै आवेदन दिएका थिए । शुरुदेखि नै उनलाई बोर्ड अध्यक्षको बलियो दाबेदार मानिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise