२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

कविता : नारी

shivam cement
२०८१ भदौ १५ गते ०६:२०
Shares
कविता : नारी

–दुर्गा रिमाल अधिकारी

नारी कोमल हो, मिजास घरको साँचो सबै सुम्पिने
नारी बेगर हुन्न शान नरको त्यो बास रित्तो हुने
नारी फूल बनी सुवास घरमा फैलाउँदै बस्दछे
नारी हो सरिता बहाव जलको बग्ने उही जोडले ।।

नारीका मनमा अथाह करुणा जागे सबै जाग्दछ 
नारीमा गुनिला सुबोध रसिला जम्मै कुरा अट्दछ 
नारी हुन्न यसै कबीर पथको बाटो सबै भुल्दिए
नारी बन्न सिपालु याचक बनौँ माग्ने कुरा भइदिए ।।

नारी पर्वत पार्वती सँगसँगै डुल्छे र अग्लो बनी 
नारी जीवन नारकीय नभई चम्की बनोस् चाँदनी 
नारी लेखक हो सुकोमल सिधा आधार हो भाग्यको 
नारी सृष्टि विधान सर्जक उनै सग्लो सखी आर्तको ।।

नारी सेवक राग द्वेष उपमा छैनन् उनी दाँजिने 
नारी द्योतक हुन् सहिष्णु मनको सम् पूज्य आराध्यले 
नारी जीवन फुल्न सक्छ यसरी रोप्ने जरा भइदिए
नारी जीवन झैँ हुँदैन नरको सौन्दर्य व्यर्थै हुने ।।

सम्बन्धित खबर