२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बबिता श्रेष्ठको ‘उत्ताउलो जवानी’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ १५ गते १९:१८
बबिता श्रेष्ठको ‘उत्ताउलो जवानी’ सार्वजनिक

काठमाडौं : म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो ।

गायिका अनु चौधरी र संगीतकार स्वयं सिडी विजय अधिकारीको स्वर रहेको गीतको भिडियोमा सागर लम्साल ‘बले’, अलिसा शर्मा र ग्रीष्मा पौडेललगायतले अभिनय गरेका छन् । 

कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास निर्देशक बबिता श्रेष्ठले लिएकी छन् ।

नृत्य निर्देशन रोशन विश्वकर्मा, शब्द सुजन कोइराला, सिडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियो उत्तम हुमगाईंले खिचेका हुन् ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise