२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपालमा युरोपेली मुलुकका दूतावास नहुँदा नयाँदिल्ली पुग्ने अधिकांश ठगिदै

ADV
२०८१ भदौ १६ गते ०६:३५
नेपालमा युरोपेली मुलुकका दूतावास नहुँदा नयाँदिल्ली पुग्ने अधिकांश ठगिदै

काठमाडौं : नेपालमा युरोपेली मुलुकका दूतावास नहुँदा वैदेशिक रोजगारी तथा पर्यटन भिसाका लागि भारतको नयाँदिल्ली पुग्ने अधिकांश ठगिने गरेका छन् । नयाँदिल्लीस्थित युरोपेली मुलुकका दूतावासमा नेपालीको पहुँच नहुँदा नेपालीहरू बिचौलियाको भर पर्ने र ठगीमा पर्ने गरेका छन् ।

कतिपय नेपालीको ठूलो रकम दलालले खाइदिएको र कतिपयलाई बिचौलियाले नक्कली भिसा भिडाएर जेलसमेत पुर्‍याउने गरेका छन् । खासगरी ब्रालिज, अजरबैजान, क्यानडा, बेल्जियमलगायतका देशमा वैदेशिक रोजगारीका लागि पर्यटन भिसामा पठाउने आश्वासन दिँदै नेपाली युवायुवतीलाई ठगी गर्ने घटना पछिल्ला दिनमा उल्लेख्य बढेको नेपाली दूतावासका एक कर्मचारी बताउँछन् ।

दिल्लीबाट भिसा लगाएर तेस्रो मुलुक पठाउने प्रलोभन देखाएर नेपालबाट बोलाउने र पैसा असुलेपछि फरार हुने घटना बढिरहेका छन् । योग्यता र क्षमता नभएपनि जसरी भएपनि युरोप र अमेरिका छिर्न चाहने युवालाई नेपाल र भारतमा ठगी गर्ने गिरोहको सञ्जाल रहेकोे  दूतावास स्रोतको भनाइ छ ।

सेटिङमा नेपालीलाई हाउसमेडमा लैजाने प्रवृत्ति व्यापक भएपछि दूतावासले दिल्लीबाट कामदार र भिजिट भिसामा खाडीका मुलुकमा जानेका लागि दिने ‘नो अब्जेक्सन’ सर्टिफिकेट अनिवार्य गरेको छ । तर कतिपयले सेटिङमा १५ हजार भारतीय रूपैयाँमा नोअब्जेक्सन लेटर बनाइ खाडी मुलुक उडाउने गरेकाले दूतावासको कडाइ सोझासिदाका लागि मात्रै भएको टिप्पणी गर्ने गरेका छन् ।  अनिवार्य नोअब्जेक्सन लेटरको नियमबाट तेस्रो मुलुक जान पाउने केही सही व्यक्तिसमेत पीडित भइरहेको उनीहरूको भनाइ छ ।  

भारतमा ह्वाट्सएप र भाइबरका माध्यमले मात्र चिनेका दलाललाई नेपालीले रकम बुझाउने हुँदा नक्कली भिसाको कारोबार बढेको दूतावासका ती अधिकारी बताउँछन् । फेसबुकमा नक्कली आइडी बनाएर युवतीहरूलाई माया तथा विवाह गर्ने प्रलोभन देखाएर पनि ठगी गर्ने गरिएको उनको भनाइ छ ।  

दिल्लीमा दलालले अलपत्र पारेपछि कतिपय नेपालीलाई खाने तथा बस्ने समस्या हुने र उनीहरूले आफ्नो जीवन बचाउन अरूलाई ठग्ने गरेकोसमेत देखिएको बताइएको छ ।

 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise