२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

इजरायलले निकाल्यो रिजल्ट, मन्त्रालय भने छानबिनमै

ADV
२०८१ भदौ १६ गते ०६:४०
इजरायलले निकाल्यो रिजल्ट, मन्त्रालय भने छानबिनमै

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदकहरूको कागजात छानबिन गरिरहेका बेला इजरायलले केयरगिभरका लागि लैजाने आवेदकको नाम छनोट गरेको छ । नेपालबाट लैजाने कामदार छनोटमा संलग्न इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरेको हो ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिँदा पेस गरिएका कतिपय केयर तालिमका कागजात नक्कली भएको सार्वजनिक भएपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

पिवाले बिहीबार इजरायलले श्रमिक छनोट गरेको वैदेशिक रोजगार विभागलाई जानकारी दिएको निर्देशक तथा सूचना अधिकारी गुरूदत्त बरालले बताए । विभागले ३ हजार ४ सय ६१ जनाको नामावली इजरायल पठाएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise