२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जापानमा बृहत तिज धमाका हुने

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १५:५४
जापानमा बृहत तिज धमाका हुने

सुरेश भट्ट आश्रिन : नेपाली समाज  होक्काइडो जापानको आयोजनामा बृहत् सांस्कृतिक 'तिज धमाका' आयोजना हुने भएको छ ।

महिला दिदिबहिनीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर नेपाली समाज होक्काइडो जापानले भोलि 'तिज धमाका' कार्यक्रम आयोजना गर्न लागिएको होकाइतो स्थित नेपाली समाजका अध्यक्ष राजन गिरिले जानकारी दिए ।

उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन पछिल्लो समयकी व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी  गायिका समीक्षा अधिकारी  होक्काइडो पुगिसकेकी छिन् । उनको प्रस्तुतिमा युवराज आचार्यले साथ दिने कार्यक्रम सञ्चालिका चाहना पुरीले जानकारी दिएकी छन् । 

भोलि सेप्टेम्बर-२ सोमबार कडेरु सभाहलमा उपस्थित हुन होक्काइडोमा रहेका महिला दिदिबहिनीहरूलाई आयोजक संस्थाले हार्दिक आह्वान गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise