२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नवराज भट्टराईको 'ए प्यारी सुनन' सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते १७:१६
नवराज भट्टराईको 'ए प्यारी सुनन' सार्वजनिक

काठमाडौं : लामो समयदेखि गीत संगीत क्षेत्रमा लागेका गीतकार नवराज भट्टराईको शब्द रहेको 'ए प्यारी सुनन' बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको संगीत, गायिका रचना रिमाल र गाएक प्रबिन बेडुवालको स्वर रहेको म्युजिक भिडियोमा दिपेन खड्का र एलिसा शंकरको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियो गाउँले परिवेशमा मुखियाले गरिबीको फाइदा लिइ एक बिधुवा महिलालाई यौन शोषण गरेको कथा समेटिएको छ । म्युजिक भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

नवराज भट्टराई केही महिनाअघि पोखरमा उपमा सञ्चार प्रा.लि.द्वारा आयोजित मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड-२०८० मा सम्मानित भएका थिए भने दशक कलाकार पत्रकार सम्मान कार्यक्रममा भट्टराईलाई उत्कृष्ट गीतकार अवार्ड पनि प्रदान गरिएको थियो ।

धादिङमा जन्मिएर काठमाडौंलाई आफ्नो कर्म थलो बनाउँदै आएका नवराजले धेरै म्युजिक भिडियोमार्फत नवकलाकारलाई प्रवेश गराउनुका साथै दर्जनभन्दा धेरै म्युजिक भिडियोमा आफ्नो खरो अभिनय पनि गरेका छन् ।  प्रोडक्शन म्यानेजरका रुपमा काम गर्दा जनमानसले आफ्नो बारेमा जान्ने मौका नपाउने भए पनि आफूलाई सोही स्थानमा रहेर काम गर्दा आनन्द महसुस हुने उनले बताए ।

कला छेत्रमा आउन चाहने जो कोहीलाई आफूले सक्नेसम्म सहयोग गर्ने नवराज बताउँछन् । आफ्नो र सम्पूर्ण टिमको कडा मिहेनेतले तयार भएको सिर्जनालाई माया गरिदिन पनि गीतकार भट्टराईले अनुरोध गरेका छन् ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise