२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ १६ गते २०:०५
मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक

काठमाडौं : विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक गरिएको छ । ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन् ।

२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्य हिरा प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहका बीच सार्वजनिक गरिएको हो । क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् । ताजको डिजाइन अस्मी ज्वेलर्स ग्लोबलले गरेको हो । 

क्राउन सार्वजनिक गर्दै मिस युनिभर्स सेनिसले भनिन्, ‘यो ताज केबल ताज मात्र नभएर कडा परिश्रमको प्रतिफल हो र विश्व स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सपना र जिम्मेवारी पनि हो ।’

यस ताजको डिजाइन रातको आकाशमा देखिने तारामन्डलको सौन्दर्यबाट प्रेरित छ । प्रिमियम व्हाइट गोल्डबाट बनाइएको यो ताजमा बहुमुल्य हिरा र ताराहरूको चमक झल्काउने अन्य रत्नहरूले सजिएको छ । डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकको रुपमा तारा मन्डलहरु राखिएको डिजाइनर अस्मी ज्वेलर्स ग्लोबलले जनाएको छ । 

यी तारामन्डलले विजेतालाई तारामन्डलजस्तै उज्ज्वल, प्रेरणादायक, र कालातीत हुन प्रेरणा प्रदान गर्ने मात्र नभइ मिस युनिभर्सको साइनिङ स्पिरिटलाई पनि प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ गते शनिबार हायात होटलमा हुँदैछ । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ ।

ताज सार्वजनिक गर्नु अगाडि २२ प्रतियोगीहरूको प्रिलिमिनरी राउन्ड सम्पन्न भएको थियो । जसमा इशानी श्रेष्ठ, सोफिया भुजेल, सवि पुरी, अलेक्ज्याण्डर गोन्जालेज र विदुषी राणाले जजको भूमिका निर्वाह गरेका थिए । यी २२ प्रतियोगीहरुको भोटिङ राउण्ड खल्ती एपमार्फत शुरु भइसकेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise