२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कतारमा ४ संस्थाबाट गायिका रिता सम्मानित

Nada
तिलु शर्मा पौडेल
२०८१ भदौ १७ गते २०:३६
Shares
कतारमा ४ संस्थाबाट गायिका रिता सम्मानित

दोहा, कतार : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्षसमेत रहेकी लोक तथा दोहोरी गायिका रिता थापा मगर कतारमा विभिन्न ४ संस्थाबाट सम्मानित भएकी छन् । गत शुक्रबार श्रमिक सचेतनासहित नेपाली नारीहरूको महान पर्व ‘हरितालिका तिज’को अवसरमा नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको महिला विभागको समन्वयमा कतारमा स्थापित विभिन्न ६५ वटा संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न विविध सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन कतार आएकी गायिका रिता सम्मानित भएकी हुन् ।

ncell

गत शुक्रबार राति नेपाल मगर संघ, शाखा कतारले गायिका रितालाई एक कार्यक्रमका बीच सम्मान ग¥यो भने शनिवार साँझ आदिवासी जनजाति महासंघ कतारले एक कार्यक्रमका बीच सम्मान ग¥यो । महासंघको सम्मान कार्यक्रमलगत्तै धादिङ सेवा समाज कतारले उनलाई सम्मान गर्‍यो । 

धादिङमा जन्मिएकी गायिका रिताको सम्मानमा आयोजित उक्त कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन नजिकिँदै गरेको आफूलाई जानकारी भएको बताउँदै कतारमा सातौं अधिवेशनको तयारीमा जुटेको कार्यसमितिलाई शुभकामना व्यक्त गरिन् ।

शनिबार साँझ नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले गायिका रितालाई स्वागत सम्मान कार्यक्रमको आयोजना गर्दै मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान प्रदान ग¥यो । शाखा कतारका अध्यक्ष शिवराम ढकालको अध्यक्षता तथा गायिका रिताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै गायिका रिताले आफूलाई कतारसम्म निमन्त्रणा गर्ने आयोजक नेपाली महिला समाज र  एनआरएनए एनसीसी कतारको महिला विभागलाई धन्यवाद ज्ञापन गरिन् । उनले संस्था सञ्चालन गर्दै गर्दा कमीकमजोरी सबैका हुने बताउँदै प्रतिष्ठान २४औं वर्षमा हिँडिरहेको स्मरण गरिन् । उनले  आगामी महिना असोजको ११÷१२ गते पोखरामा विधान अधिवेशनको तयारी थालिएको जानकारी दिँदै विधान उपर लिखित सुझाव पठाउन आग्रह गरिन् ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा केही नयाँ कामहरूको थालनीको प्रयास भइरहेको बताउँदै कतारमा रहेका सबै कलाकारलाई समेट्दै अगाडि बढिरहेको बताए । गायिका रिता आइतबार नेपाल फर्किसकेकी छन् । प्रतिष्ठान शाखा कतारले सातौं वार्षिक साधारण सभाको अवसर पारेर गत जुलाई १२ तारिकमा आयोजना गरेको बृहत् लोक तथा दोहोरी धमाका २०२४ लाई सफल बनाउन सहयोग गर्ने विभिन्न सहयोगी, कलाकार, सहयोगी संस्थासहित पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर