२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

गायिका रिता केसीले कतारमा सांगीतिक प्रस्तुति दिँदै

shivam cement
तिलु शर्मा पौडेल
२०८१ भदौ १७ गते २०:४४
गायिका रिता केसीले कतारमा सांगीतिक प्रस्तुति दिँदै

दोहा, कतार : करिब एक दशक पहिले सार्वजनिक भएको 'ओइ सुन्तली' तिज गीतमा समावेश 'बेलैमाथि घर आउँछन् बाहिर पनि जाँदैनन् मेरा त बुढाले रक्सी खाँदैनन्' भन्ने गीत अहिले जताततै हिट भइरहेको छ । सोही गीतमा आवाज दिएकी भर्षटायल गायिका रिता केसी कतार आउने भएकी छन् । दाङ देउखुरी सेवा समाज कतारको आयोजना र लुम्बिनी प्रदेश समन्वय परिषद् कतार अन्तर्गतका जिल्ला संस्थाहरूको सह आयोजनामा आगामी शुक्रबार हुने "तिज विशेष सांस्कृतिक कार्यक्रम-२०२४" मा सांगीतिक प्रस्तुति दिन उनी कतार आउन लागेकी हुन् ।

गायिका केसीले लोक दोहोरीसहित सुगम गीतहरूमा आवाज दिएकी छन् भने वनको चरी, के पर्‍यो कान्छाको, मुटु चुँडिन्छ, नाच्नमा एक नम्बर लगायतका सयौं गीतहरू चर्चामा छन् । उक्त कार्यक्रममा प्रस्तुति दिन आफू कतार आउन लागेको केसीले पुष्टि गर्दै आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कतारवासी नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई कार्यक्रममा निमन्त्रणा सेट गरेकी छिन् । हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागी छात्रवृत्ति कोषको स्थापना सहयोगार्थ लुम्बिनी प्रदेश समन्वय परिषद् कतार अन्तर्गतका जिल्ला संस्थाहरूको सह आयोजना तथा रोल्पाली सेवा समाज, ठकुरी सहयोग सञ्जाल, परियार मित्रता समाज कतारको विशेष सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष रण बहादुर केसीले बताए । उनले नेपालबाट आमन्त्रित गायिका केसीसँगै कतारमा रहेका करिब एक दर्जन कलाकारले आफ्ना प्रस्तुति दिने जानकारी दिए । उनले कार्यक्रममा गरिमामय उपस्थिति जनाइ कार्यक्रम भव्य र सभ्यरूपमा सफल पारिदिनु कतारवासी नेपालीलाई आग्रह गरेका छन् । कार्यक्रम शुक्रबार बिहान ११:०० बजेदेखि अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टमा हुँदैछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise