२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रस्तावित राजदूतमाथि म्यानपावर व्यवसायीसँग साँठगाँठको प्रश्नै प्रश्न

ADV
२०८१ भदौ १८ गते ०६:३५
प्रस्तावित राजदूतमाथि म्यानपावर व्यवसायीसँग साँठगाँठको प्रश्नै प्रश्न

काठमाडौं : विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूले नेपाली कामदारको हकहित संरक्षण आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ । सुनुवाइका क्रममा सांसदहरूले राजदूतहरूको पृष्ठभूमि, संलग्नता र पक्षधरतालगायतका विषयमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रश्नहरू गरेका छन् ।

सोमबार समितिमा नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मलेसिया, पोर्चुगल, इजरायल  र पाकिस्तानका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको छ । त्यसमध्ये मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले सांसदहरूका अनेकौं प्रश्नहरू सामना गरे ।

यसअघिका राजदूत डिल्लीराज पौडेलमाथि मलेसियाको रोजगारीमा सिण्डिकेट लगाउन प्रयास गरेको कतिपयले आरोप लगाएका थिए । ती आरोपको पृष्ठभूमि उठाउँदै सांसदहरूबाट नयाँ राजदूत डा तिमिल्सिनामाथि प्रश्न गरिएको थियो । प्रस्तावित राजदूत डा. तिमिल्सिनाले सिण्डिकेट वा कसैसँग साँठगाँठ नगरी मलेसियाबाट उच्चस्तरीय भ्रमणसहित कामदारका हितमा आफूलाई समर्पित गर्ने दाबी गरे ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले राजदूत तिमिल्सिना म्यानपावर कम्पनी सञ्चालकबाट प्रभावित रहेको आशंकासहितको प्रश्न राखेका थिए । तर राजदूत तिमिल्सिनाले आफ्नो कसैसँग सम्बन्ध नरहेको बताए । उनले भने, ‘मलेसियामा करिब ५ लाख कामदार छन् । उनीहरूको हित छाडेर कसैको पक्षमा काम गर्ने छैन ।’

निवर्तमान श्रममन्त्रीसमेत रहेका सांसद डीपी अर्यालले म्यानपावर व्यवसायीको घेरामा पर्नु हुन्छ कि ? भन्ने प्रश्न उठाए । जवाफमा प्रस्तावित राजदूत तिमिल्सिनाले भने, ‘नजानेर गरें भने फरक कुरा हो । तर जानेर मजदुरहरूको हित छोड्ने छैन ।’

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि म्यानपावर व्यवसायीसँग निकटताबारे प्रश्न राखेका थिए ।

उता पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापना गर्नका लागि भूमिका खेल्ने बताएका छन् । त्यसबाट व्यापार र वैदेशिक रोजगारलगायतका क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ थियो । हाल पोर्चुगल जान चाहने नेपालीलाई भिसा लिन लाखौं खर्च गरेर भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता छ ।

वैदेशिक रोजगार व्यवसायीहरूले युरोपेली देशको नेपालमा कन्सुलर कार्यालय नहुँदा भिसाका लागि भारतको नयाँदिल्ली जाँदा लागत बढेको गुनासो गर्दै आएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise