२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गायिका मञ्जुको 'विचार गर छुनलाई' सार्वजनिक (भिडियोसहित)

ADV
तिलु शर्मा पौडेल
२०८१ जेठ २९ गते १६:१३
गायिका मञ्जुको 'विचार गर छुनलाई' सार्वजनिक (भिडियोसहित)

दोहा, कतार : लोकप्रिय लोकदोहोरी गायिका तथा कुशल कार्यक्रम उद्घोषिका मञ्जु पौडेलले नयाँ गीत ‘विचार गर छुनलाई’ बजारमा ल्याएकी छन् l माया प्रेम गरेपछि एक अर्कालाई धोका दिन नहुने सन्देश गीतमार्फत उनले दिन खोजेकी छन् । गीतमा, विचार गर मायालु छुनलाई, छोएपछि पर्छ मेरै हुनलाई, पार्दिन रुनलाई, भनिएको छ ।

मञ्जु पौडेलको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा मञ्जुलाई गायक प्रताप दासले साथ दिएका छन् । गीतमा गायक प्रतापसँगै गायिका पौडेलकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् भने श्रीकृष्ण बम मल्लको लय तथा शब्द रहेको छ ।


ADVADV

सम्बन्धित खबर

Advertise