२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

डा. सिंहको संयोजकत्वमा स्वास्थ्य परीक्षण मापदण्डसम्बन्धी कार्यदल गठन

ADV
२०८१ भदौ १९ गते ०६:३५
डा. सिंहको संयोजकत्वमा स्वास्थ्य परीक्षण मापदण्डसम्बन्धी कार्यदल गठन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण मापदण्डबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । सिंह स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक हुन् । १६ सदस्यीय कार्यदललाई प्रतिवेदन दिन एक महिलाको समय दिइएको छ ।
हाल सम्बन्धित देशको मापदण्डअनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण हुने गरेकोे छ । तर पछिल्ला महिनाहरुमा कामदारमा मिर्गौला, मानसिकजस्ता समस्या बढेका छन् । मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले कार्यदललाई स्वास्थ्य समस्याहरुको बस्तुनिष्ठ अध्ययन गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिवेदन दिने कार्यादेश रहेकोे बताएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise