२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

निजामती विधेयकमाथि छलफल शुरु

ADV
मध्यान्ह
२०८१ भदौ २० गते १३:२१
निजामती विधेयकमाथि छलफल शुरु

काठमाडौँ : संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल शुरु भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीवार(आज)देखि विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको हो । 

२१ फागुन २०८० मा संसदमा दर्ता भएको विधेयक करिब छ महिनापछि समितिमा छलफलका लागि अघि बढेको हो ।

विधेयकमाथि आज सैद्धान्तिक छलफल हुनेछ भने यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने बताइएको छ । विधेयकमाथि १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

मुलुक सङ्घीयता प्रणालीमा गएको वर्षौँ भई सक्दा पनि सिङ्गो सार्वजनिक प्रशासन तथा स्थायी सरकारसमेत भनिने कर्मचारीको कानुन ल्याउन नसकेको भन्दै राजनीतिज्ञहरूको चर्को आलोचना हुने गरेको छ । 

पछिल्लो समय राजनीतिक नेतृत्व तथा कर्मचारी नेतृत्वले ऐनलाई प्राथमिकता दिने बताएसँगै जुन कुनै रूपमा पनि आउन सक्ने झिनो आशा कर्मचारीले राखेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise