२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

खाडीका मुलुकका लागि नयाँ काउन्सिलर श्रम र श्रम सहचारी नियुक्ति प्रक्रिया शुरु

ADV
२०८१ भदौ २१ गते ०६:३०
खाडीका मुलुकका लागि नयाँ काउन्सिलर श्रम र श्रम सहचारी नियुक्ति प्रक्रिया शुरु

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी मुलुकका ६ देशमा नयाँ काउन्सिलर श्रम र श्रम सहचारी नियुक्ति प्रक्रिया शुरू गरेको छ । मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि काउन्सिलर श्रम र नेपाली राजदूतावास अबुधावी, नेपाली महावाणिज्य दूतावास साउदी जेद्दा, नेपाली राजदूतावास मलेसिया तथा ओमानका लागि श्रम सहचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

यसअघि साउदी अरेबिया र यूएईका लागि काउन्सिलर श्रम र कतार तथा बहराइनका लागि श्रम सहचारी नियुक्तिका लागि गरिएको दरखास्त आह्वानको पनि नतिजा सार्वजनिक भइसकेको छैन । त्यसका लागि मन्त्रालयले भदौ ३१ गते आवेदकहरूको प्रस्तुतीकरण लिने तय गरेको छ । 

काउन्सिलर श्रमका लागि उपसचिव र श्रम सहचारीका लागि शाखा अधिकृतले आवेदन दिन पाउने व्यवस्था छ । परराष्ट्र मन्त्रालयले पछिल्ला दिनमा मागपत्र प्रमाणीकरणको जिम्मेवारीलगायतका काममा काउन्सिलर श्रम र श्रम सहचारीहरूको भूमिका खुम्च्याइरहेको गुनासो बढेपनि श्रम मन्त्रालयमा कार्यरत उपसचिव तथा शाखा अधिकृतलाई दुवै पद आकर्षक लाग्ने गरेको छ ।

काउन्सिलर र श्रम सहचारीमा आवेदन गर्न मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहत कार्यालय, राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषमा कम्तीमा एक वर्ष काम गरेकोे हुनुपर्ने छ । मन्त्रालय मातहत काजमा आएका कर्मचारीले आवेदन दिन पाउनेछन् भने मन्त्रालयलमा दरबन्दी भइ एक वर्षअघि काजमा गएका कर्मचारीले भने आवेदन दिन नपाउने व्यवस्था छ । आवेदन गर्ने कर्मचारीले काम गर्न जान चाहेको मुलुक पनि आवेदनमा खुलाउनुपर्नेछ ।

अंग्रेजी भाषामा आईएलटीएस टेष्टमा ओभरअलमा ६ प्वाइन्ट, टोफल, पीबीटी, सीबीटीमध्ये कुनै परीक्षामा कम्तीमा ५५०२१३.७९ हासिल गरेको वा पीटीई परीक्षामा कम्तीमा ५१ अंक प्राप्त गरेको हुनुपर्ने प्रावधान छ ।

छनोट हुन ज्येष्ठता र अनुभवका लागि १५ अंक, अंग्रेजी भाषा ज्ञानका लागि १० अंक, व्यावसायिक कार्य योजना र प्रस्तुतीकरणका लागि १० अंक र सचिवको मूल्यांकनबापत ५ अंक गरी ४० पूर्णांकको परीक्षामा बढी अंक प्राप्त गर्नुपर्नेछ । सबै प्रस्तुति पनि सचिवले ५ अंक दिने प्रणालीले नतिजा धेरै हदसम्म सचिवको ५ अंकमा निर्भर हुने यसअघि उक्त पदमा छनोट हुन नसकेका आकांक्षीहरूले टिप्पणी गर्ने गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise