२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड सम्पन्न

shivam cement
२०८१ भदौ २१ गते १९:१७
Shares
नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड सम्पन्न

काठमाडौं : १८औं नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८१ सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर बक्स अफिस इन्टरनेशनल ग्रुपले हरेक वर्ष नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड आयोजना गर्दै आएको छ ।

२०८१ सालमा तिजको अवसरमा रिलिज भएका कूल ३०२ तिज म्युजिक भिडियोलाई पछि पार्दै यो वर्ष अत्यधिक रुचाइएको तिज गीत ‘आइन आमा’की गायिका विष्णु माझी सर्वश्रेष्ठ तिज गायिका घोषणा भएकी छन् ।

गायिका माझीले तिज गीत ‘मन परेको मान्छे’की गायिका एलिना चौहान तथा ‘काली पसम कि’की गायिका सान्तिश्री परियारलाई उछिन्दै उत्कृष्टको अवार्ड हात पारेकी हुन् । तर उनी भूमिगत भएकाले अवार्ड कार्यक्रममा उपस्थित थिइनन् ।

यसै तिज गीतबाट सर्वश्रेष्ठ संगीतकार र गीतकार विधाबाट शंकरमणि अधिकारीलाई वर्षको सर्वोत्कृष्ट तिज गीतकार तथा संगीतकार घोषणा गरिएको छ । यसै तिज गीतबाट भिडियो सम्पादक प्रवीण भट्टले उत्कृष्ट सम्पादकको अवार्ड प्राप्त गरेका छन् । 

तिज गीत ‘हरहर महादेव’बाट राजेश दरलामीले यो वर्षको उत्कृष्ट तिज म्युजिक छायाँकारको अवार्ड जेतेका छन् । त्यसैगरी उत्कृष्ट तिज मोडल विधामा ‘काली पसम कि’की मोडल स्मारिका ढकाल अवार्डको हकदार बनिन् । स्मारिकाले तिज गीत ‘दुनियाँलाई’की मोडल प्रिती आले र ‘आइन आमा’की मोडल ललिता पौडेललाई पछि पार्दै अवार्डको हकदार बनेकी हुन् ।

त्यस्तै कूल ३०२ तिज म्युजिक भिडियोलाई पछार्दै ‘आइन आमा यो तिजमा’ गीतलाई यो वर्षको सर्वोत्कृष्ट तिज म्युजिक भिडियो घोषणा गरिएको छ । 

वरिस्ठ पत्रकार तारा चन्द्र देवकोटा, निर्देशक चेतनाथ दंगाल, कलाकार समाजसेवी गणेश जिसी, निर्माता सुन्दर थापा क्षेत्री जुरी रहेको नेसनल बक्स अफिस तिज म्युजिक अवार्डमा विभिन्न तिज गीतका स्रष्टाहरुले आफ्न्नो विधाबाट अवार्ड प्राप्त गरेको अवार्डका अध्यक्ष आरके सुवेदीले जानकारी दिए ।

अवार्डमा वरिष्ठ गायक, गायिका, निर्माता, निर्देशक, प्राविधिक र पत्रकारको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्णलाई बक्स अफिस इन्टरनेशनल ग्रुपले तिजको दर पनि खुवाएको थियो ।

सम्बन्धित खबर