२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘मिसिङ : केटी हराएको सूचना’को टिजर रिलिज

ADV
मध्यान्ह
२०८१ भदौ २२ गते १९:४०
‘मिसिङ : केटी हराएको सूचना’को टिजर रिलिज

काठमाडौं : नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ घोषणा गरेका छन् । उक्त चलचित्र आगामी कात्तिक ३० गते प्रदर्शनमा आउने निर्देशक गौचनले जानकारी गराएका छन् ।

उजेली : ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सका साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउन तयार भएका छन् । गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभइ सामाजिकरूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ ।

गौचनको सन् २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदो, विश्वव्यापीरूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने समावेश छ । नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानरअन्तर्गतको पहिलो चलचित्र मिसिङ : केटी हराएको सूचना यही दृष्टिकोणको प्रमाण हो ।

यस चलचित्रमा पहाडी समुदायका युवती र मधेशी समुदायकी युवाको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको छ । यस चलचित्रका लेखक/निर्माता/निर्देशक दीपेन्द्र गौचनले चलचित्र मिसिङको निर्माणका लागि पाएको प्रेरणाको बारेमा आफ्नो अनुभव साटेका छन् । ‘नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ । यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,’ निर्देशक गौचनले भने, ‘यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ ।’

चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता/जेसी) रहेकी छन् भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन/र्‍याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन् । यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायाँकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी र म्युजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise