२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘गीतकार लामा गीतिमय साँझ’का लागि भेट्रान दौड

ADV
मध्यान्ह
२०८१ भदौ २२ गते १९:४७
‘गीतकार लामा गीतिमय साँझ’का लागि भेट्रान दौड

काठमाडौं : वरिष्ठ गीतकार बुद्धवीर लामा गीतिमय साँझ हुने भएको छ । यसैको पूर्वसन्ध्यामा प्रयासमञ्च नेपाल र बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा बुद्धवीर लामा गीतिमय शुभकामना दौड शनिबार सम्पन्न भएको छ ।

आगामी असोज ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको ‘बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझ’को तयारीको क्रममा प्रतियोगितात्मक भेट्रान दौडको आयोजना गरिएको हो । चार क्याटेगोरीमा भएको उक्त दौडमा ३५ देखि ४९ वर्ष उमेर समूहमा पुरुषतर्फ क्रमशः नारायण बस्नेत प्रथम, दिनेस महर्जन द्वितीय र सचिन श्रेष्ठ तृतीय भए । यस्तै महिला खुलातर्फ कल्पना महर्जन प्रथम, याङ्दी लामा शेर्पा दोस्रो र चारु अर्याल तेस्रो हुन सफल भए । 

५० देखि ६४ वर्ष उमेर समूहमा पुरुषतर्फ क्रमशः भिम बहादुर गुरुङ प्रथम, विक्रम महर्जन दोस्रो र देव महर्जन तेस्रा भए । ६५ वर्ष माथिका उमेर समूहमा मंगलदास महर्जन प्रथम, पुष्पलाल श्रेष्ठ दोस्रो र बद्री बहादुर मगर तेस्रो भए । 

पदक विजेता खेलाडीहरुलाई नेपालको पहिलो राष्ट्रिय एथलेटिक्स प्रमुख प्रशिक्षक एवम् कार्यक्रमका प्रमुुख अतिथि मधु शमशेर जबरा र विशेष अतिथि कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पदक वितरण गरेका थिए ।

प्रयासमञ्च नेपालका अध्यक्ष जसु लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका पहिलो राष्ट्रिय एथलेटिक्स प्रमुख प्रशिक्षक मधु शमशेर जबरा, वर्तमान राष्ट्रिय प्रशिक्षकहरु विमला राना, धनीराम चौधरी र राकेश बज्राचार्यलाई नेपाल एथलेटिक्स सम्मान प्रदान गरिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise