२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मलेसियाले भारतबाट अधिकांश प्राविधिक जनशक्ति लैजाने

ADV
२०८१ भदौ २३ गते ०६:३०
मलेसियाले भारतबाट अधिकांश प्राविधिक जनशक्ति लैजाने

काठमाडौं : लेसियाले भारतबाट अधिकांश प्राविधिक जनशक्ति लैजाने बताएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको अघिल्लो हप्ता भएको भारत भ्रमणका क्रममा भएको श्रम सम्झौतामा प्राविधिक भारतीय कामदार भर्ना प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र क्रमबद्ध बनाउने प्रावधान राखिएको छ ।

हाल १ लाख ३३ हजारभन्दा बढी भारतीय कामदार मलेसियामा कार्यरत रहेको भएपनि भर्नाका बारेमा स्पष्ट गाइडलाइन्स रहेको छैन । नयाँ एमओयूमा हस्ताक्षरसँगै आप्रवासी कामदारहरूको शोषणजस्ता खराब अभ्यासहरूलाई हटाइ भारतबाट कामदार भर्ना गर्ने कार्य अब थप पारदर्शी, निष्पक्ष र व्यवस्थित हुने मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

मलेसियाले सेवा क्षेत्र, वृक्षारोपण र कृषिलगायत मलेसियाका ६ वटा महत्वपूर्ण क्षेत्रमा भारतबाट कामदार लैजाने बताएको छ । त्यसमध्ये ८५ हजारभन्दा बढी इन्जिनियरिङ र प्राविधिक क्षेत्रमा रहेका छन् । मलेसियाली कम्पनीले बढ्दो साइबर सुरक्षा खतराको सामना गर्न भारतबाट प्राविधिक जनशक्ति लैजान खोजेको बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise