२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

महाधिवेशन केन्द्रित लोसपा : अध्यक्ष नछोड्ने मुडमा महन्थ ठाकुर 

ADV
भावना पाठक
२०८१ भदौ २३ गते ०६:५०
महाधिवेशन केन्द्रित लोसपा : अध्यक्ष नछोड्ने मुडमा महन्थ ठाकुर 

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी वैशाखमा महाधिवेशन गर्ने भएको छ । 

यही भदौ १९ र २० गते बसेको पदाधिकारी बैठक आगामी वैशाख २६ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । अहिलेको केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय भएको छ । 

साधारण सदस्यताका लागि प्रत्येक जिल्लामा कार्तिक मसान्तसम्म अभियान सञ्चालन हुनेछ । 

नेताहरूका अनुसार महाधिवेशनबाट महन्थ ठाकुर नै अध्यक्षमा दोहोरिने मुडमा छन् । २०६५ सालदेखि पार्टी अध्यक्षका रुपमा रहँदै आएका ठाकुर लोसपाको आगामी वैशाखबाट हुने महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने दौडमा लागेका देखिन्छन् । 

पार्टीमा ठाकुरलाई अध्यक्षबाट विश्राम लिन दबाब पनि छ । तर, उनी अध्यक्षबाट हट्ने मनस्थितिमा छैनन् । अध्यक्षको अभिभावकीय भूमिकामा रहेर कार्यकारी अध्यक्ष अरु कसैलाई दिने कि भनेर उनीसमक्ष नेताहरूले प्रस्ताव गरे पनि ठाकुरले त्यो प्रस्तावलाई स्वीकार गरेनन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर मधेस आन्दोलन चलिरहेकै बेला ठाकुरले २०६४ वैशाख १० गते तमलोपा गठन गरेका थिए । अध्यक्ष ठाकुरले उपेन्द्र यादवजस्तै विभिन्न दलसँग एकीकरण गर्दै, विधान फेर्दै आइरहेका छन् । 

२०७१ मा तत्कालीन तमलोपाको महाधिवेशन नवलपरासीमा भएको थियो । महाधिवेशनपछि २०७२ मा मधेस आन्दोलन सुरु भयो । मधेस आन्दोलनपछि २०७४ मा विभिन्न पार्टी मिलेर राजपा बन्यो । त्यसपछि २०७७ मा समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा बनेको थियो । २०७८ मा विभाजन भएर लोसपा बनेको हो । 

२०७४ वैशाख ७ गते महेन्द्रराय यादव नेतृत्वको तत्कालीन तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अनिल झा नेतृत्वको तत्कालीन संघीय सद्भावना पार्टीबिच एकीकरण भइ राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।

सो पार्टीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादवसहितको एउटा अध्यक्षमण्डल बनाइएको थियो । तर, यी नेताहरू अहिले फरक–फरक दलमा रहेका छन् । 

यसअघि लोसपामा महन्थ ठाकुरलाई अभिभावक राखेर राजेन्द्र महतो कार्यकारी अध्यक्ष बन्न चाहेका थिए । कार्यसमितिका सदस्यहरुको नाम सार्वजनिक गर्नुभन्दा पहिले राजेन्द्र महतोले पार्टीको कार्यवाहक अध्यक्ष दिन प्रस्ताव गरेका थिए । तर अध्यक्ष ठाकुरले दिन नमानेपछि विवाद बढेको थियो । विवाद बढेपछि राजेन्द्र महतोले पार्टी नै छोडेर बसेका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise