२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने साह पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ २९ गते २१:५०
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने साह पक्राउ

रौतहट : अनुचित लेनदेनका पीडितसँग रकम असुलेको आरोपमा  एक जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय गौर अगाडि विगत केही समयदेखि सक्रिय रही अनुचित लेखदेनको पीडितलाई मिटरव्याजको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराइदिन्छु, तर ५० हजार दिनुपर्छ भनेर रकम लिइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ उक्त व्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका वडा नम्वर ७ घर भएका ४५ वर्षीय भरोसी साह रहेका छन् । 

उनलाई रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

साहले पीडितसँग ५० हजार रकम माग गरेको र उक्त रकम प्रमुख जिल्ला अधिकारी  र कर्मचारीलाई बाँडफाँड गर्नुपर्छ भनेर रकम लिन लागेको थाहा पाएपछि नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान पश्चात ठगी कसुर अन्तर्गत कारवाही शुरु गरिएको डिएसपी गिरीले बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise