२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मगर संघ र प्रतिष्ठान शाखा कतारद्वारा गायिका निरुता सम्मानित

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ २४ गते २०:५३
मगर संघ र प्रतिष्ठान शाखा कतारद्वारा गायिका निरुता सम्मानित

दोहा, कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको आयोजनामा सम्पन्न रमाइलो तिज कार्यक्रम–२०२४ मा आफ्नो सांगीतिक प्रस्तुति दिन आएकी म्याग्देली लोक तथा दोहोरी गायिका निरुता पुन सम्मानित भएकी छन् । नेपाल मगर संघ, शाखा कतार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारले एक कार्यक्रमका बीच गायिका मगरलाई सम्मान गरेको हो ।

शनिवार साँझ ग्राण्डमलमा रहेको सम्सारा रेस्टुरेन्टमा आयोजित भेटघाट तथा सम्मान कार्यक्रम गायिका पुनकै प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रेसम आले मगरको सभापतित्वमा सम्पन्न भएको हो । संघले गायिका पुनलाई दोसल्ला, खादा र सम्मान पत्रद्वारा सम्मान गरेको थियो भने प्रतिष्ठान शाखा कतारले सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।

सम्मान ग्रहण गरेपछि बोल्दै गायिका पुनले कतारको माहोल र मायाका कारण कतार छोड्न मन नै नलागेको बताइन् । प्रदेशमा रहेर पनि आफ्नो कला संस्कृतिलाई उच्चरुपमा सम्मान गरेको आफूले पाएको बताउँदै आभार व्यक्त गरिन् ।

संघका अध्यक्ष रेसम आले मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा तथा मोना कतारका अध्यक्ष राजु पौडेल, प्रतिष्ठानका प्रथम उपाध्यक्ष कृष्ण ढकालसहित संघका विभिन्न तह र तप्काका पदाधिकारीहरूको विशिष्ट आतिथ्यता रहेको थियो ।

सम्मान कार्यक्रममा आफ्ना भनाइ राख्दै पौडेलले मोना कतार र मगर संघबीच लामो समयदेखि सहकार्य हुँदै आएको स्मरण गर्दै संस्थागत सहकार्य सदैव रहने बताए । उनले म्याग्देली चेलीप्रति संघले देखाएको माया र सम्मानप्रति मोना कतारको तर्फदेखि आभार प्रकट गरे । गायिका मगर सोमबार नेपाल फर्किएकी छन् ।

संघका महासचिव समीर थापा मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति आले मगरले मगर संघ नेपालमा ६५ वटाभन्दा बढी जिल्लामा फैलिएको र अन्तर्राष्ट्रियरुपमा २२ वटाभन्दा बढी राष्ट्रमा फैलिएको बताए । उनले नेपालबाट प्रवासमा सांगीतिक प्रस्तुति दिन जाने कलाकारले केन्द्रीय या जिल्ला समितिमार्फत प्रवासमा रहेका समितिलाई जानकारी दिने सके समन्वयमा सहज हुने विश्वास व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise