२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लोकतान्त्रिकद्वारा बीपी जयन्तीको अवसरमा वृक्षारोपण

ADV
२०८१ भदौ २५ गते ०६:४०
लोकतान्त्रिकद्वारा बीपी जयन्तीको अवसरमा वृक्षारोपण

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले  बीपी कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा राजधानीमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा एशोसिएसनले  पशुपतिको विश्वरुपा क्षेत्रमा सोमबार वृक्षारोपण गरेको हो । कार्यक्रममा महामन्त्री शर्मासहित   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् वैदेशिक रोजगार आप्रवासन विभाग प्रमुख प्रकाश रसाइली स्नेहीसहित विभागका सदस्यहरू, एशोसिएसन अध्यक्ष दीपक थापा तथा कार्यसमिति सदस्य रहेका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वय तथा सहभागितामा पार्टीका संस्थापक तथा विचारक स्व. कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ । एशोसिएसन अध्यक्ष थापाले बीपी स्मृतिमा रचनात्मक कार्य गर्ने निर्णयअनुसार पार्टीका महामन्त्रीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्य सम्पन्न गरिएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise