२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

क्यानडा र इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १८:०१
क्यानडा र इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा क्यानडा र इटाली पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शिवराम थापा मेत ८ जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै एक करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले रोल्पाको माडी गाउँपालिका वडा नं. १ जवाड घर भइ हाल काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रण बहादुर घर्तीलाई पक्राउ गरेको छ ।

क्यानडा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ३५ लाख रकम बुझाउनुपर्ने, क्यानडा पुगिसकेपछि मासिक ४ लाख रुपैयाँ तलब हुने प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने प्रलोभन देखाएर पीडितहरुबाट पटक-पटक गरी एक करोड ६५ लाख रुपैयाँ लिएर घर्ती सम्पर्कविहीन भएका थिए । उनलाई प्रहरीले काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो ।

यस्तै इटाली पठाइदिन्छु भन्दै ८ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नं. ४ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउदलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise