२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विवादमा परेको इजरायलको केयरगिभर छनोट प्रक्रिया स्थगित

ADV
२०८१ भदौ २६ गते ०६:३०
विवादमा परेको इजरायलको केयरगिभर छनोट प्रक्रिया स्थगित

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको केयरगिभर छनोट प्रक्रिया स्थगित गरेको छ । आवेदकहरूले निवेदनमा पेस गरेका कागजात छानबिन गरिरहेका बेला इजरायलले केयरगिभरका लागि लैजाने आवेदकको नाम छनोट गरेको थियो ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको वैदेशिक रोजगार महाशाखाले छानबिनको प्रक्रिया सकिएपछि मात्रै अन्य प्रक्रिया शुरु गरिने बताएको छ । यसअघि वैदेशिक रोजगार विभागले ३ हजार ४ सय ६१ जनाको नामावली इजरायल पठाएको थियो । नेपालबाट लैजाने कामदार छनोटमा संलग्न इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसकेको छ । त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेका छन् ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिँदा पेस गरिएका कतिपय केयर गिभर तालिमका कागजात नक्कली भएको सार्वजनिक भएपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सरकारी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने प्रावधान इजरायलको रोजगारीका लागि सार्वजनिक सूचनामा उल्लेख थियो । वैदेशिक रोजगार विभागका कर्मचारीको आड भरोसामा अध्ययन नै नगरेकाको पनि फारम भराएको देखिएको छ । विभागले कागजातको छानबिन गर्ने बताएपनि नक्कली कागजातको चाँजोपाँजो मिलाउने कर्मचारीका बारेमा के गर्ने ? केही खुलाएको छैन । छानबिनको दायरामा अनुचित लाभ लिने कर्मचारीरू पनि पर्नुपर्ने धेरैको माग रहेको छ ।  

केयरगिभरका लागि इजरायल रोजगारीमा जानेले २ लाख १० हजार रुपैयाँ तलब हुने भएपछि धेरैको त्यसमा आकर्षण देखिएको छ । तर छनोट प्रक्रियामा देखिएको अन्योलले आवेदकहरू अन्योलमा परेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise