२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १४:३४
युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

काठमाडौं : कलाकार भिसामा युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कलाकार सुलेमान शंकर (इकु)लाई पक्राउ गरेको छ ।

सीआईबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भइ काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकरलाई पक्राउ गरेको एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए । 

उनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ हात्तिगौंडाबाट बुधबार पक्राउ गरेको हो ।

उनीमाथि विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप छ ।

शंकरले सञ्चालन गरेको एसएमएस फिल्स प्रा.लि.को नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएर विदेश नपठाएको प्रहरीले बताएको छ ।

विदेशी मुलुकमा भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको र रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयार हुँदैछ तयार भएपछि खबर गर्छु भनेर सम्पर्कविहीन भएको खुलेको प्रहरीले बताएको छ । प्रहरीले अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएर उनीविरुद्ध थप अनुसन्धान गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise