२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १५:५२
दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने

काठमाडौँ : दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एक पटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एक पटक प्रयोगमा आएका भए पनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise