२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भर्षटायल गायक तथा संगीतकार रमेशराज भट्टराईले कतारमा प्रस्तुति दिँदै

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ २६ गते १८:०६
भर्षटायल गायक तथा संगीतकार रमेशराज भट्टराईले कतारमा प्रस्तुति दिँदै

दोहा, कतार : कुनै समय आफ्नो जीविका चलाउनका लागि दुबईको एक क्लबमा गीत गाउन पुगेका सर्जक तथा गायक रमेशराज भट्टराई गीत गाउनकै लागि विश्वका धेरै देश पुगिसकेका छन् । “बेहुला बनाउँछु भन्थी बहुला बनार गई” गीतले उच्च सफलता र चर्चा पाएसँगै सांगीतिक प्रस्तुतिका लागि मात्र पटक पटक कतार आएका गायक भट्टराई पुन: कतार आउने भएका छन् ।

दोहाको टोयटा सिंगल नजिक रहेको ‘इन्फिनिटी क्लब’ले आयोजनाको घोषणा गरेको सांगीतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन उनी कतार आउन लागेका हुन् । पछिल्लो एक सालयता दर्जनौं कलाकार ल्याएर भव्य सांगीतिक प्रस्तुतिसहित मनोरञ्जन प्रदान गरेको क्लबले यस पटक भने सबै किसिमका नेपाली गीत गाउन सक्ने भर्षटायल गायक भट्टराईलाई निमन्त्रणा गरेको हो ।

होटल स्टाटियोको सातौं तलामा अवस्थित 'इन्फिनिटी क्लब'मा शुक्रबार राति भट्टराईले सांगीतिक प्रस्तुति दिनेछन् । भट्टराईले सुगम गीतका अलावा लोक दोहोरी, सालैजो, झ्याउरे, रत्यौलीसहित लाइभ दोहोरीसमेत गाउने गरेका छन् । सयौं गीतमा शब्द, संगीतसहित आफनै आवाज दिएका भट्टराईले कतारवासी नेपालीलाई कार्यक्रममा आमन्त्रणसमेत गरेका छन् । भट्टराईसँगै गायिका साना महर्जन र गायक सागर सुनारले समेत सांगीतिक प्रस्तुति दिने भएका छन् । 

कार्यक्रममा प्रवेश शुल्क पचास कतारी रियाल रहेको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । अर्यालले कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए । रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर क्लब सञ्चालनमा ल्याएका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise