२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

९ जना दोहोरी कलाकारको लिखित प्रतिबद्धता, 'अभद्र र अपाच्य गीत गाउँदैनौं'

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते १२:५२
९ जना दोहोरी कलाकारको लिखित प्रतिबद्धता, 'अभद्र र अपाच्य गीत गाउँदैनौं'

काठमाडौं : लोक तथा दोहोरीगीतका कलाकारले अभद्र र अपाच्य तरिकाले गीत नगाउने लिखित प्रतिबद्धता जनाएका छन् । नौ जना कलाकारले लिखित रुपमा यस्तो प्रतिबद्धता जनाएका हुन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले १२ जना कलाकारलाई पत्र काटेरै स्पष्टीकरण सोधेको थियो । जसमध्ये तीन जना कलाकारले स्पष्टीकरणको जवाफ दिएका छैनन् । एक साताको स्पष्टीकरणको म्याद बिहीबार सकिँदैछ ।

शर्मिला रायमाझी, शंकर सुनार, नवराज काप्री (धादिङे भाले), सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाली र विशाल सोनीले लिखित स्पष्टीकरण बुझाइसकेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

सम्पर्कमा नआएका बाँकी तीन जना कलाकार पनि सम्पर्कमा आउने आसा अध्यक्ष थापाले व्यक्त गरिन् । ‘उहाँहरुले निर्धारित मितिभित्रै जवाफ नदिए पुनः पत्र काट्छौं,’ उनले भनिन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise