२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उच्च अंकले बढ्यो नेप्से परिसूचक

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते १५:३१
उच्च अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौंः साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज शेयर बजार ७८.१७ अंकले बढेर २,६८८ को विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । तीन कम्पनीको शेयर मूल्य स्थिर छ । यासँगै आज चार कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरलेबढेको छ । आज  विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर, इस्टर्न हाइड्रोपावर र रावा इनर्जीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । 

यस्तै, आज कारोबार समय भरिमा ३१८ कम्पनीको एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise