२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गायक रमेशराज भट्टराईले दिए फिदा बनाउने प्रस्तुति

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ २९ गते १९:३०
गायक रमेशराज भट्टराईले दिए फिदा बनाउने प्रस्तुति

दोहा, कतार : पाँचौं पटक सांगीतिक प्रस्तुति दिन कतार आएका सर्जक तथा भर्षटायल गायक रमेशराज भट्टराईले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत उपस्थितलाई नचाएका छन् । कतारको मुटुमा रहेको इन्फिनिटी क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रममा धमाका प्रस्तुतिसहित उपस्थितलाई नचाएका हुन् ।

शुक्रबार मध्यरातमा स्टेज चढेका गायक भट्टराईले प्रवासमा दुःख गरेर बसेका श्रमिकहरूमा समर्पित गर्दै ‘टन्न पैसा कमाउन मन थियो’बाट प्रस्तुति दिन शुरुवात गरेका थिए । उनले दर्शकलाई बिस्तारै नाच्ने गीत गाउँदै नाच्न बाध्य बनाए ।

दोस्रो कोसेली उनले ‘बबाल भो’को अन्तरा ‘माया लाको उनले र मैले दुनियॉलाई के सवाल भो’ गाउँदै गर्दा दर्शकले उनीसँगै गाएर साथ दिए । भट्टराईले त्यसलगत्तै ‘फिदा भएको छु’ गाए । उनले आफ्नो अर्को हिट नम्बर ‘बहुला’ गीत पनि गाए । उनले ‘बहुला’ गीत दोहोर्‍याएर गाउँदा क्लबको फ्लोर र बल्कोनीमा बसेका दर्शक सबै नाच्दै गाउन थाले । उनले ‘उसले जति माया’, ‘फाटेको जुत्ता’, ‘नाच नाच’लगायतका गीतले दर्शकलाई भरपुर मनोरञ्जन गराए ।

भट्टराईसँगै गायिका साना महर्जन र गायक सागर सुनारले समेत सांगीतिक प्रस्तुति दिए । कार्यक्रमलाई रोशन अर्यालले सहजीकरण गरेका थिए । रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर क्लब सञ्चालनमा ल्याएका हुन् । उनीहरूले पछिल्लो डेढ सालयता दर्जनौं कलाकार ल्याएर भव्य सांगीतिक प्रस्तुतिसहित मनोरञ्जन प्रदान गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise