२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पत्रकार महासंघ हुम्ला शाखामा तालाबन्दी

ADV
ओबराज शाही
२०८१ भदौ ३१ गते १२:१५
पत्रकार महासंघ हुम्ला शाखामा तालाबन्दी

हुम्ला : नेपाल पत्रकार महासंघ हुम्ला शाखामा तालाबन्दी गरिएको छ । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता विवरणमा आफ्ना सदस्यहरुको नामावली छुटाएको भन्दै प्रेस चौतारी नेपाल हुम्ला शाखाले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

महासंघले प्रेस चौतारी नेपाल हुम्ला शाखाका चार जना सदस्यको नाम छुटेटाएको प्रेस चौतारी नेपाल हुम्ला शाखाका सचिव दाने बोहराले बताए । उनले पत्रकार महासंघ हुम्ला शाखाले एक जनाको नवीकरण र तीन जनाको नयाँ सदस्यता प्रदान गर्नका लागि सिफारिस गरेकोमा ती चारै जनाको नाम छुटाएकाले तालाबन्दी गरिएको बताए ।

यसअघि ३२ जना पुराना सदस्यहरुको नाम नवीकरणका लागि सिफारिस गरेको थियो भने ११ जनाको नाम नयाँ सदस्यहरुका लागि सिफारिस गरिएको थियो । हाल महासंघ केन्द्रले हुम्ला शाखाका लागि ४१ जनाको नाम सार्वजनिक गरेको छ । त्यसैगरी प्रेस युनियनका दुई जना सदस्यको सिफारिस जिल्ला शाखाले गरेको भएपनि ती नाम पनि काटिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise