२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मञ्चद्वारा ४७ लाख हस्तान्तरण

shivam cement
२०८१ असोज १ गते ०६:५५
Shares
मञ्चद्वारा ४७ लाख हस्तान्तरण

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन खरिदका लागि ४७ लाख रूपैयाँ प्रदान गरेको छ । मञ्च कार्यसमितिको तर्फबाट अध्यक्ष जनक रावलले सोमबार उक्त रकमको चेक संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई हस्तान्तरण गरे ।

मञ्चका कोषाध्यक्ष शीतल मैनालीले संस्थागतरूपमा मञ्चले उक्त रकम संघलाई हस्तान्तरण गरेपछि पनि मञ्चमा आबद्ध व्यवसायीले आफ्नो दायित्वको रकम छुट्टै भुक्तान गर्नुपर्ने बताए । 

संघका महासचिव मेघनाथ भुर्तेलले संस्थागत प्रशासनिक भवनको आवश्यकतालाई पूरा गर्ने संघ कार्यसमितिको अठोटलाई साकार बनाउन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल कार्यसमितिका तर्फबाट प्रदान गरिएको सहयोग उदाहरणीय रहेको भन्दै मञ्चप्रति आभार व्यक्त गरिएको बताए । 

मञ्च अध्यक्ष रावलले विज्ञप्ति जारी गर्दै ३२ वर्षको इतिहास बोकेको संघको आफ्नो प्रशासनिक भवन नहुनु पीडादायी भन्दै व्यवसायीहरूको छाता संस्था संघले सम्पूर्ण व्यवसायीहरुको अपनत्व हुने गरी कार्य प्रारम्भ गरेकोमा मञ्च कार्यसमितिका तर्फबाट उक्त रकम प्रदान गरिएको बताएका छन् ।

संघले थालनी गरेको भवन खरिदको उदाहरणीय कार्यलाई सफल बनाउन सम्पूर्ण व्यवसायीलाई तन, मन, वचन र कर्मले सहभागी हुन पनि अध्यक्ष रावलले आह्वान गरेका छन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा संघ तथा मञ्चको कार्यसमिति पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर