२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सिम्रन दुलालको 'फूलको थुंगा' सार्वजनिक 

shivam cement
२०८१ असोज १ गते १०:४६
Shares
सिम्रन दुलालको 'फूलको थुंगा' सार्वजनिक 

काठमाडौं : लोकप्रिय मोडल तथा गायिका सिम्रन दुलालले नयाँ म्युजिक भिडियो फूलको थुंगा बजारमा ल्याएकी छन् । 

यस अगाडि पनि दर्जनौं  म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी दुलालको यस म्युजिक भिडियोमा गायिका  समीक्षा अधिकारी र नमराज ढुंगानाको स्वर रहेको छ । 

गीतको म्युजिक भिडियोमा सञ्जीव ठकुरी र सिम्रन स्वयं फिचर्ड छन् । गीत नमराज ढुंगानाको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । 

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा मोडलको रुपमा काम गर्दै आएकी सिम्रन राष्ट्रिय सङ्गीतकर्मी संघ भक्तपुर जिल्ला अध्यक्षसमेत हुन् । उनी लोक साँस्कृतिक प्रतिष्ठान नेपालकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी छन् ।

नेपाली कला संगीतमा लागेका अनुज तथा अग्रजको प्रोत्साहन र सम्मानको उद्देश्य लिएर हरेक वर्ष आयोजना हुने डाइमण्ड म्युजिक अवार्डको अध्यक्षसमेत रहेकी सिम्रनका धेरै गीतहरू सांगीतिक बजारमा चर्चामा रहेका छन् ।

 

भिडियो हेर्नुहोस :


सम्बन्धित खबर