२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कबिता : "बा"

shivam cement
२०८१ असोज १ गते १९:१४
Shares
कबिता :

गोविन्द प्रसाद भट्टप्रति समर्पित 

-मधुकर खड्का

बा !
कहिलेकाहिँ लाग्थ्यो
बा आगो हुन 
कहिलेकाहिँ लाग्थ्यो
बा बुद्ध हुन 
अनि सधै लाग्थ्यो
बा पिपल हुन 
बा वर हुन 
हामी सबैको भर हुन 
हाम्रो साझा घर हुन
बा धर्ती हुन 
बा आकाश हुन 
बा सप्पै हुन
अहिले 
बा अस्ताई गए पर बगरमा 
लाग्छ 
बा औशी हैनन-पुर्नेका जुन हुन 
बर्खामा बज्ने मकै पातका धुन हुन 
बा सागर हुन 
बा घरका धुरी खाबा हुन
छाना हुन 
नाना हुन 
बार्दली चोटा कोठा सप्पै हुन 
बा बा नै हुन 
तर 
बा बिनाको घर 
बा बिनाको परिवार 
बा बिना को चाडबाड
सब अन्धकार हुन ।

सम्बन्धित खबर