२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कलाकार खतिवडा ग्लोबल स्टार्स अवार्डबाट सम्मानित

Nada
२०८१ असोज २ गते २१:३४
Shares
कलाकार खतिवडा ग्लोबल स्टार्स अवार्डबाट सम्मानित

काठमाडौं : कलाकार पवनप्रसाद खतिवडा (बाबा) ग्लोबल स्टार्स अवार्ड २०२४ बाट सम्मानित भएका छन् । गत सेप्टेम्बर १५ तारिकमा भारतको पटनामा सम्पन्न भएको ग्लोबल स्टार्स अवार्ड २०२४ बाट कलाकार खतिवडा सम्मानित भएका हुन् ।

ncell

निरुलाज एण्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका विज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिंह थिए भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित भारतीय अभिनेत्री पुनम धिलोन थिइन् । 

कलाकार खतिवडा विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । काभ्रेपलाञ्चोक, अनैकोट–१ मा जन्मिएका खतिवडा विसं २०४८ सालमा भिडियो फिल्म कर्म नामक चलचित्रबाट बालकलाकारको रुपमा उदाएका हुन् । खतिवडाले दर्जनौं चलचित्र, टेलिचलचित्र तथा विज्ञापनमा समेत काम गसकेका छन् ।

नृत्य, नृत्य निर्देशन, सडक नाटक र रंगमञ्च हुँदै टेलिचलचित्र, चलचित्रहरुमा मुख्य सहायक निर्देशनको रुपमा काम गर्दै सिनेमाका पर्दाहरुसम्मको यात्रा तय गरेका उनलाई ‘बाबा’ उपनामले पनि चिनिन्छ । उक्त उपनाम टेलिचलचित्र ‘ब्रेकफेल’बाट जन्मिएको हो । खतिवडाले अभिनय गरेका चलचित्रहरुमा जीवनदाता, विष, जय शिव शंकर, बडीगार्ड, राधे, लब सबलगायत दर्जनौं छन् । यस्तै उनले हिजो आजका कुरा, जिरेखुर्सानी, मोड, किनारा, पथभ्रस्ट, अदृश्य घाउ, जीवनचक्र, कुल बहादुर काका, खुराफातीलगायत दर्जनौ टेलिचलचित्रहरुमा  आफ्नो अभिनयबाट एउटा छुट्टै पहिचान बनाएका छन् भने केही विज्ञापनमा समेत उनलाई देख्न सकिन्छ । अहिले वेबसिरिजहरुमा उनी व्यस्त देखिन्छन् ।

उनी इन्टरनेशनल अचिभमेन्ट अवार्ड (बिजुली सर्वत)बाट, इन्टरनेशनल एक्सिलेन्स अवार्ड, गेलेक्सी एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेका छन् भने यो उनको चौथो अवार्ड हो ।

No description available.

सम्बन्धित खबर