२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

साउदीस्थित नेपाली दूतावासले सञ्चालन गरेका शिविर व्यापारिक प्रयोजनका लागि दुरुपयोग भएको आरोप

ADV
मध्यान्ह
२०८१ असोज ३ गते ०६:३०
साउदीस्थित नेपाली दूतावासले सञ्चालन गरेका शिविर व्यापारिक प्रयोजनका लागि दुरुपयोग भएको आरोप

रियाद : नेपाली जनप्रगतिशील मञ्च साउदी अरबले नेपाली दूतावासले सञ्चालन गरेका शिविरहरू व्यापारिक प्रयोजनका लागि दुरुपयोग भएको बताएको छ । 

मञ्चले दूतावासले सञ्चालन गरेका शिविरहरू व्यापारिक प्रयोजनका लागि नभएको र जुनसुकै उद्देश्यका साथ सञ्चालन गरिएको भएपनि यस्ता कार्यहरु दूतावासले आयोजना गरेको कार्यक्रममा हुनु लज्जाजनक हुने भन्दै यसले दूतावासको मर्यादामा पनि क्षति पुर्‍याएको बताएको छ । मञ्चले संकलन भएको सम्पूर्ण रकम सार्वजनिक गर्न र क्षमायाचनासहित ती सबै जनाको शुल्क फिर्ता गर्न नेपाली सेवा समिति यान्वुलाई अनुरोधसमेत गरेको छ । 

अत्यावश्यक पर्ने आर्थिक रकम सहयोग अभियान बाध्यकारी नभइ स्वेच्छिक गर्न र दूतावासले आयोजना गरेका कार्यक्रमहरूलाई रकम संकलनको माध्यम नबनाउन पनि मञ्चका कार्यबाहक अध्यक्ष गंगा गोदार र महासचिव बासुदेव सापकोटाले प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise